दफा ७
खानेपानी तथा सरसफाइ सेवाको सञ्चालन तथा व्यवस्थापन
(१) नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवाको सञ्चालन तथा व्यवस्थापन गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको सेवाको सञ्चालन तथा व्यवस्थापन, गर्दा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह आफैंले वा सङ्गठित संस्था मार्फत गराउन सक्नेछन् ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि आधारभूत खानेपानी तथा सरसफाइ सेवाको सञ्चालन तथा व्यवस्थापन नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले पारस्परिक समन्वयमा आफैंले वा आफ्नो स्वामित्व वा नियन्त्रणमा रहेको सङ्गठित संस्था मार्फत गर्नु वा गराउनु पर्नछ। (४) अनुमतिपत्र प्राप्त संस्थाले अनुमतिपत्रमा तोकिएको खानेपानी क्षेत्रभित्र खानेपानी प्रणालीबाट तोकिएको परिमाणमा नियमितरुपमा खानेपानी सेवा उपलब्ध गराउनु पर्नेछ ।
(५) अनुमतिपत्र प्राप्त संस्थाले उपदफा (४) बमोजिम नियमितरुपमा खानेपानी वितरण गर्न नसकेमा: ट्याङ्कर वा अन्य वैकल्पिक व्यवस्थाद्वारा उपयुक्त गुणस्तर र परिमाणको खानेपानी उपभोक्तालाई उपलव्ध गराउनु पर्नेछ ।
(६) अनुमतिपत्र प्राप्त संस्थाले, आफ्नो सेवा क्षेत्रभित्र आफूले उपलव्ध गराएको समय तालिका बमोजिम नियमितरुपमा खानेपानी वितरण गर्न नसकेमा त्यसरी खानेपानी वितरण गर्न नसकेको अवधिको शुल्क वा महसुल लिन पाउने छैन ।